29
हुँदैन रे नजरभरि दर्शन त्यो अधरको
यहाँभन्दा ठूलो चोट के हुँदो हो खबरको
जति टाल्दै गयो उति प्वाल देखापर्छ
आयो गयो, फेरि पनि नशा छ सहरको
मान्छे बाँच्ने सबैभन्दा सस्तो चिज हो आशा
त्यसैले त बाँड्नेहरू बाँड्छन् भएभरको
आऊ दिन्छु खुसीसँग फेरि पनि यो मत
क्षतिपूर्ति मिल्नुपर्छ मलाई बराबरको
कमजोर, एक्लो, भएपछि ढल्नै पर्दो रैछ
आँसु झर्ने सन्देश हो यो मेरो जन्मघरको !
स्थायी ठेगानाः केउरेनीपानी–६, भोजपुर
पिताः स्व. आचार्य हिरण्यप्रसाद पौडेल
माताः दिलकुमारी पौडेल
जन्ममितिः २०३२-०६-०५
शिक्षाः (एम. ए.) त्रिभूवन विश्वविद्यालय