6 नेपाली गजल - Nepali Ghazal
  • मुटुभित्र खत मेरो पनि छ

लेखकःप्रदिप प्रखर पोखरेल 554 पटक पढिएको:

मुटुभित्र खत मेरो पनि छ
नमिठो विगत मेरो पनि छ

विरोधका लागि विरोध हैन
सहीमा सहमत मेरो पनि छ

किन? मलाई मन्दिरमा वर्जित
तिम्रोजस्तै रगत मेरो पनि छ

फगत बेकम्मा नसोच मलाई
जून छुने चाहत मेरो पनि छ

अहँ म कदापि पिउँदिनँ तर
जँड्याहाको सङ्गत मेरो पनि छ

लेख्दैमा आफूलाई ठूलो नठान
गजलमा लत मेरो पनि छ

प्रदिप प्रखर पोखरेल