28 नेपाली गजल - Nepali Ghazal
  • एकै डाली काँडा र फूल कसो गरी बनाउँछ

लेखकःसबिन एकतारे 717 पटक पढिएको:

एकै डाली काँडा र फूल कसो गरी बनाउँछ
भगवानले बनाउँदा मनपरि बनाउँछ

जिन्दगीले दिएको र नपुगेको के नै छ र?
यो मनले चाहना पो धेरैथरि बनाउँछ

जूनतारा सजिएको आकाश छ कति शीतल
उज्यालोमा त्यै आकाशले आगोसरी बनाउँछ

नदी सरी दुई जीवन पहाड मैदान नाँघ्दै बग्छ
जहाँ निर मिलन हुन्छ त्यैँ भुमरी बनाउँछ

आँसुमा त बिलाउँछ विरहको मीठो धून
गजलले त "एकतारे" अजम्बरी बनाउँछ

सबिन एकतारे

सम्पादक नेपाली गजल डट कम (nepalighazal.com)