12 नेपाली गजल - Nepali Ghazal
  • उमेरसँगै ममा सरेका हुन् दु:ख त

लेखकःदिनेश राज ज्ञवाली 725 पटक पढिएको:

उमेरसँगै ममा सरेका हुन् दु:ख त 
हजुरबा, बुबाले गरेका हुन् दु:ख त

भाग्य त्यो एकातिर अर्को मेरो पौरख 
साँढेको जुधाइमा परेका हुन् दु:ख त 

ढलाउन मलाई तिम्रो भगवानले 
पाइला पाइलामा छरेका हुन् दु:ख त 

बेइमान त तिमी होलाऊ ऊ नि होला 
समुद्र सँगसँगै तरेका हुन् दु:ख त 

दिनेशलाई दिनेश बनाउँछु भन्दै
मलाई खोज्दै धर्ती झरेका हुन् दु:ख त ।

दिनेश राज ज्ञवाली

जन्म:२०३६

जन्मस्थान: महेन्द्रज्योति, काभ्रे 
हाल: टोकियो ,जापान 
शिक्षा: स्नातक 
पेशा: ब्यबसाय

सम्पादन:

  • अन्तर्दृष्टी त्रैमासिक(अनेसास केन्द्र) २००८-२०१०
  • सूर्योदय (जापान )


संलग्नता :

  • अनेसास जापान च्याप्टर –अध्यक्ष
  • समुद्रपारि डट कम –संस्थापक ब्यबस्थापक
  • काभ्रे-सिन्धू समाज जापान –महासचिब
  • नेपाली समाज जापान –सदस्य
  • बिकटेश्वर ईङ्लिस स्कूल काभ्रे – संस्थापक अध्यक्ष (स्कूल ब्यबस्थापन समिति)
  • नव यूवा किसान समूह काभ्रे – अध्यक्ष

gyawalinp2002@yahoo.com