27 नेपाली गजल - Nepali Ghazal
  • उजुर थियो सधैं उनी मुस्कुराइन्

लेखकःडा. दीपक खड्का 956 पटक पढिएको:

उजुर थियो सधैं उनी मुस्कुराइन्
विषाद बाँकी छँदै उनी मुस्कुराइन्

किन मुस्कुराएँ, रुन हिँडेको म
उनी छेउ म पुग्दै उनी मुस्कुराइन्

उनका आँसुले एक भन्यो लामो कथा
र सारांशमाझैं उनी मुस्कुराइन्

जब मैले उनको परिचय मागें
एक तमास हेर्दै उनी मुस्कुराइन्

लगा दीपु लौ यो पहेलीको अर्थ
सुँक्क सुँक्क गर्दै उनी मुस्कुराइन्

म प्रलय पर्खी समाधिमा छु कि
ल है! अब ल है! उनी मुस्कुराइन् !

डा. दीपक खड्का

डा. दीपक खडका पेशाले जीववैज्ञानिक हुनुहुन्छ । समसामयिकी, गजल र सिनेमा वहाँका शोख हुन् । गजललाई वहाँ कुनै भाषा विशेषको शास्त्रीय परम्पराको रूपमा नभएर संसारको सबै भाषा, समाज र कालका सीमान्त मुद्धाहरुको काव्यात्मक पैरवीको लागि विशेष अनुकुल माध्यमको रूपमा हेर्नुहुन्छ र त्यही विशेषतालाई नै गजलको शक्ति र सम्भावनाको रूपमा बुझ्नुहुन्छ ।