20 नेपाली गजल - Nepali Ghazal
  • सपना देख्ने मान्छे हुँ डराएको छु

लेखकःराजन कार्की 2340 पटक पढिएको:

सपना देख्ने मान्छे हुँ डराएको छु
आँखा खोली बिपनामा बर्बराएको छु

हाम्रैलागि रोपिएका हुन् पुष्पबृक्ष
पोल्टो थाप न हाँगा हल्लाएको छु

पटकपटक पहाड फोडि पानी निकालें
बल्ल आज गाग्रो साथी बनाएको छु

मान्छे नै मान्छे माझ शेर सुनाएँ
ताली पाएको छु गाली खाएको छु।

मलाईपनि कहिले मरौं भएको छ
र त शहिदलाई अघि लाएको छु

राजन कार्की