19 नेपाली गजल - Nepali Ghazal
  • ताकेर नलागे निशाना हुँदैन

लेखकःरमेश बिमान 2004 पटक पढिएको:

ताकेर नलागे निशाना हुँदैन 
उडेका हावाको ठेगाना हुँदैन

ए अबुझहरु हो शरम त गर 
आकाशको कुनै सिमाना हुँदैन

कति ढुक्क छ खुँडामुनि अचानो 
कमसेकम उसँग बहाना हुँदैन

छोडिदेऊ यार अब मल्हम नगर 
प्रियसीको याद पुराना हुँदैन

रमेश बिमान

ठेगानाः कानपा ३५ पुरानो सिनामंगल

आबद्द : पशुपती भजन मण्डली साथै उपत्यकाका प्राय भजन मण्डली

रुची : तबला बादन,लेखन

प्रकाशनः 
गजल लेख्ने मान्छे
उषा
चांदनी (सुमधुर गजल संग्रह )