90 नेपाली गजल - Nepali Ghazal
  • रहन्न काँडा भने कहाँ त्याे गुलाब जस्तै गुलाब भेट्छाै

लेखकःबिजय योजित 727 पटक पढिएको:

रहन्न काँडा भने कहाँ त्याे गुलाब जस्तै गुलाब भेट्छाै

बदल्न खाेज्छाै भने मलाई अझै तिमीले खराब भेट्छाै

 

छ प्यारकाे सभ्यता शहरमा प्रमाण खाेज्छाै भने तिमीले

नियाल हरचाेक चाेकका ती पसलहरूमा तेजाब भेट्छाै

 

मरेर जाँदा के लान्छ मान्छे जवाफ याे प्रश्नकाे नखाेज्नू

देखिन्छ रित्ताे कफन तथापि गने मलामी हिसाब भेट्छाै

 

यदी कुनैपल म नै हुँ इश्वर भनेर इश्वर स्वयं प्रकट हाेस्हुँ

दैन इश्वर फगत तिमीले बुवा मुमाकाे नकाब भेट्छाै


यदी कुनैपल म नै हुँ इश्वर भनेर इश्वर स्वयं प्रकट हाेस्हुँ
दैन इश्वर फगत तिमीले बुवा मुमाकाे नकाब भेट्छाै

बिजय योजित

ठेगाना - बिर्तामाेड -३ झापा

हाल - कतार

जन्म मिति - २०३८ चैत्र १३

 

प्रकाशित कृति - ईन्द्रेणी संयूक्त गजल संग्रह