98 नेपाली गजल - Nepali Ghazal
  • यो रगतको आहाल के को लागि हो?

लेखकःप्रमोद निषाद 799 पटक पढिएको:

यो रगतको आहाल के को लागि हो? आँगनीमा पर्खाल के को लागि हो?
पीठ खोज्दै तरवार हान्ने मित्र छन् सामु छातीमा ढाल के को लागि हो?
यो मुलुक हुत्याएर कैयौं युग पछि फेरि नौलो संजाल के को लागि हो?
राज्य सत्ता भत्ता तलब सब सुम्पियौं काढ्न छोडेनौ र्‍याल के को लागि हो?
खै कहाँ छन् ती युद्धका बन्दीहरू? गुम बनायौ कंकाल के को लागि हो?

प्रमोद निषाद

भारते-२ लमजुङ