97 नेपाली गजल - Nepali Ghazal
  • तेल थपेर पनि निभाइ दिएँ

लेखकःप्रमेश कँडेल 3202 पटक पढिएको:

तेल थपेर पनि निभाइ दिएँ
दियोलाई पनि जिस्काइ दिएँ

पुरानो तस्विरमा रंग भर्दैथेँ
एकैछिन सोचेँ,र थन्क्याइ दिएँ

मेरो कमजोरी त्यही थियो कि!
जहाँ रुनुथ्यो त्यहीँ रमाइ दिएँ

नेताज्यू सायद रुष्ट हुनुभो
म त दुई शब्दमै अघाइ दिएँ

उस्ले यो पैसा चल्दैन भन्यो
फुकेर उस्कै हातमा पुर्‍याइदिएँ

ठोक्किएको भए गलत हुन्थेँ म
ठोक्किइन, हेरेँ, र मुस्काइ दिएँ

प्रमेश कँडेल