96 नेपाली गजल - Nepali Ghazal
  • रित्तो घडा छ सायद आवाज चर्को आयो ।

लेखकःविनोद परिवर्तित 978 पटक पढिएको:

रित्तो घडा छ सायद आवाज चर्को आयो 
"मान्छे रहेन मान्छे"- चट्टानले सुनायो

हर युद्धका घडीमा घायल भएन कोही 
यस्तो अचम्म सुन्दा मुर्दा नि मुस्कुरायो 

कर्तव्य निष्ठताको दृष्टान्त यत्ति हेर्नू,
फर्केर घाम दिन दिन आकाशमा उदायो

मनमा कपट लुकाई बुझ्नै सकेन जसले,
नि:शर्त नेत्र खोल्दा के रैछ चाल पायो 

कस्तो विचार गर्ला आकाशले मलाई ?
उसको विशाल छाती साट्ने रहर पलायो 

विनोद परिवर्तित

पोखरा बाट

हाल: सिउल, कोरिया