21
माया छ भन्छ कोही पत्याउन नि गाह्रो
सुम्पिन पनि गाह्रो हत्याउन नि गाह्रो
चुँडेर मालाबाट झारेको फूल भैँमा
उठाउन नि गाह्रो लत्याउन नि गाह्रो
जेसुकै बात गरुँ मन र उही जोडिन्छ
ठुस्क्याउन नि गाह्रो रत्याउन नि गाह्रो
ज्यादै नुनिलो भो कि सागर आँसु झर्दा
रित्याउन नि गाह्रो खत्याउन नि गाह्रो
उता सुराको प्याला यता यो चोखो मुटु
अत्याउन नि गाह्रो मत्याउन नि गाह्रो