13 नेपाली गजल - Nepali Ghazal
  • लुकाएको खत जब क्षत बिक्षत हुन्छ

लेखकःमबि सिंह 1977 पटक पढिएको:

लुकाएको खत जब क्षत बिक्षत हुन्छ

थाहा हुन्छ को कोसित मेरो संगत हुन्छ

प्रतिस्पर्धा गर्ने बानी नभएर मेरो
अन्तिम भएँ भन्दा पनि कुरा गलत हुन्छ

मेरो ईज्जत बढाउने कोशिश गर्दैछौ
तिम्रो, मेरै कारणले  बेईज्जत हुन्छ

नजरबाट झार्न सक्यौ सजिलै मलाई
दुई थोपा ऑसुमा नि कति ताकत हुन्छ !

तिम्रो खेल्ने धीतलाई मार्न चाहन्छु म  
पुतली म बनें भनें केही मद्दत हुन्छ ?

 

मबि सिंह

पेसाले दन्तचिकित्सक भएपनि जीवनका अन्तरङ्गहरूको शल्यक्रिया गर्न निकै खप्पीस छन् मवि सिंह आफ्ना गजलमा । अमेरिकी सङ्घर्षमय जीवनमा खर्च हुने उर्जालाई जोगाएर गजल विधामा लगानी गर्दै आएका मवि दन्त चिकित्साशास्त्र (Tufts University School of Dental Medicine, Boston, US) का सह प्राध्यापक पनि हुन् ।

मबि नेपाली गजल डटकमका संस्थापक सम्पादक हुन् ।