40
एकपटक फेरि तिमीलाई मन पराउन मन लागेको छ
जसरी पुरानो एक गजल फेरि दोहोर्याउन मन लागेको छ
जहिल्यै छानो मुनिको मुनि बस्न सिकाए ठुलाले किन हो !
मलाई भने चरो समाएर फेरि उडाउन मन लागेको छ
ती पुराना दिनका किस्सा तिमीलाई भनौंला कुनैदिन, पख !
साँच्चै घरको निदालमा भाइको चप्पल लुकाउन मन लागेको छ
हुने खाने पनि देखियो हुँदा खाने पनि भेटायो शहरले
अब मेलामा कसैको बच्चा हराएझैँ हराउन मन लागेको छ