4 नेपाली गजल - Nepali Ghazal
  • ढुक्क भै जिउने जब रहर आयो

लेखकःआवाज शर्मा 489 पटक पढिएको:

ढुक्क भै जिउने जब रहर आयो ढल्किँदो जिन्दगी नजर आयो आँशु झैं पिइदिएँ नदी सारा फेरि भक्कानु भै बगर आयो हर कदम चाल्छु जुन धरातलमा त्यै जमिन भासिने खबर आयो बालुवामा कुँदें मीठा सपना जे थियो मेटियो लहर आयो आज बाला सँगै छ यो भ्रम हो छुट्टिनै पर्ने अब सफर आयो

आवाज शर्मा

नाम : बाला अधिकारी

(बिन्दु हिमाली, रजनीश पोख्रेली, सिमल शर्मा जस्ता उपनामबाट साहित्य र संगीत क्षेत्रमा बालककाल देखि नै कृयाशील, पछिल्लो समयमा आवाज शर्मा नाउँबाट गजल लेखनमा सक्रिय)
जन्म : २०२९/०३/०१ बुधबार
ठेगाना : ढिकुरपोखरी-१, अधिकारी डाँडा, कास्की
पिता : स्व. केशवप्रसाद उपाध्याय
माता : कलावती उपाध्याय

शिक्षा : स्नातकोत्तर गणित शिक्षा

संलग्नता :
उप-प्राध्यापक : माछापुच्छ्रे शिक्षा क्याम्पस
शिक्षक : सिर्जना सामुदायिक मा.वि.

प्रकाशित कृति :
पलाँस -गजल सङ्ग्रह
पोल्यो शितले झन -गजल सङ्ग्रह
परीका कथा -गजल सङ्ग्रह
पिपल छायाँले -लोकगीत सङ्ग्रह
पर्खी बसौँला -लोकगीत सङ्ग्रह

प्रकाशोन्मुख कृति :
सुब्बा सा'पकी छोरी -लामा कथा सङ्ग्रह
अरूज विज्ञान- गजलको सैद्धान्तिक आधार

पुरस्कार सम्मान :


१. मोतीराम सेतुराम गजल पुरस्कार २०६८

२. लोकसंगीत संकलन र अनुसन्धानको लागि दर्जनभन्दा बढी पुरस्कार, उपाधि र सम्मानहरू