87
बुटी दिएँ वन माग्यो पिँढी दिएँ आसन माग्यो ।
म कहाँ टेकेर दिऊँ उसले सिंगै आगन माग्यो ।।
दुर्वल थियो लुखुर लुखुर आयो सन्धि लिएर,
वीरको घर देख्योे खुला सीमाको शरण माग्यो ।।
एकदिन दानवीर नाङ्गिन सक्थ्यो ओ भिखारी !
नियत खुल्यो, तेरो आशयले दुल्हन माग्यो ।।
इज्जत, शान, स्वाभिमान सिर्फ योद्धाको हुन्छ,
थाहा छ, कस्तोले भिष्मको दहन माग्यो ?
संसार साक्षी छ म हिमाल सागर जोड्न सक्थेँ,
वीचमा एक लाक्षीले शान्तिको वचन माग्यो ।।