86 नेपाली गजल - Nepali Ghazal
  • ममता नपाएर हो वा त्रास नपाएर

लेखकःजीबन पानी 450 पटक पढिएको:

ममता नपाएर हो वा त्रास नपाएर,

सक्रिय ज्वालामुखी भैयो खास नपाएर ।

 

अर्थका धारले काटिन्नन्, शब्दका टाउका,

हामी लाश बन्दैनौं तिम्रो सास नपाएर ।

 

आफ्नै छानामुनि छौं हामी, ओत लागेकै छौं ,

दास कदापी बन्ने छैनौं , बास नपाएर ।

 

मृत्युलाई अँगालो हाल्ने , आँट छ हामीसँग,

मुटु चल्न रोकिन्न तिम्रो, आस नपाएर ।

 

निरन्तर बग्ने 'पानी'हो ,याद राख्नु यत्ति ,,

मर्दैन तिमीले दिएको , गाँस नपाएर ।

जीबन पानी