85 नेपाली गजल - Nepali Ghazal
  • पलभरका छन् रत्तिभरका यी शरीरहरु

लेखकःडा. सुधा शाही 505 पटक पढिएको:

पलभरका छन् रत्तिभरका यी शरीरहरु

त्यसपछि केका पाउ केका शिरहरु 

 

कसरी भन्छौ समय कैद हुँदैन

नियालेर हेर भित्ताका तस्बीरहरु

 

जिन्दगी मृत्यू भन्दा रंगीन हो भने

हर मौसममा किन उडाईन्छ अबीरहरु

 

दैव पनि आखिर मालिक मात्रै रहेछ

छन् फकीरहरु त्यसैले फकीरहरु

 

उस्तै रहेछन हरेक मान्छे यहाँ

म छैन एक्लो छन् एक्ला भीडहरु

डा. सुधा शाही

नाम: डा. सुधा शाही ( चिकित्सक )

मलुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत

ठेगाना:
मरुढोका, चाहबिल, काठमाण्डु

कृतिहरु:
१। अनदेखी  अनसुनी (हिन्दी)

२। केहि त छ जरुर