16 नेपाली गजल - Nepali Ghazal
  • बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।

लेखकःरहस्य बिक्रम चिमरिया 1923 पटक पढिएको:

बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।
बिचारीहरू सधै सही निर्णयमा बोल्छन्॥

डुल्छन् कबि संगीतज्ञ पनि यो बगैचामा,
जहाँ फूल फूल्छन् चराहरू लयमा बोल्छन्॥

चिनजान नभए नि ती आँखाहरू अचेल,
यी आँखाहरूसँगको परिचयमा बोल्छन्॥

सत्य बोले पनि भलो हुँदैन तिनीहरूको,
किनकी ती बोल्नै नहुने समयमा बोल्छन्॥

सडकमा छँदा चिच्याए सुस्ता फर्काओ भन्दै,
सत्तामा पुगेर कोही यो बिषयमा बोल्छन् ?

 

रहस्य बिक्रम चिमरिया