• १५०‌‍औँ मोतीजयन्तीको अवसरमा कार्यक्रम

News

आदि गजलकार मोतिराम भट्टको १५०‌‍औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा भूटान गजल मञ्चको आयोजनामा २०७२ असोज २ गते शिल्पी थियटर, बत्तिसपुतली, काठमाडौँमा गजल उत्सव २०७२ आयोजना हुनेभएकोछ । सो कार्यक्रममा प्रत्यक्ष गजलगायन, मोतिराम गजल साधना सम्मान २०७२, सेतुराम सङ्गीत साधना सम्मान २०७२, कार्यपत्र प्रस्तुति तथा ८९ जना भूटानी नेपाली स्रष्टाका ऐतिहासिक गजलकृति "दबाईएका आवाजहरु" लोकार्पण हुने भएकोछ । 

September 04, 2015 By Ghanendra Ojha 1144