• 'आनन्दको सिर्जना' विमोचन

News

नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक सदस्य मुक्तककार तथा गजलकार आनन्द श्रेष्ठको पछिल्लो गजल सङ्ग्रह 'आनन्दको सिर्जना' मलेशियाको के. एल.टावरमा गजलकारकी जीवन सङ्गिनी सिर्जना श्रेष्ठ र छोरी आन्श्री श्रेष्ठले टावर चढ्न आएका नेपाली र विदेशी पर्यटकमाझ विमोचन गर्नु भयो । सो अवसरमा गजलकार श्रेष्ठले पहिलो गजलकृति 'आनन्दै छ जिन्दगी' को विमोचन अनुभव सुनाउँदै अहिले भने फरक किसिमले दोश्रो कृति विमोचन गरौं भनेर विदेशमा यसरी गरिएको बताउँदै कृतिभित्रको शीर्ष गजल सुनाउनु भएको थियो । कृतिकारलाई हार्दिक बधाई तथा शुभ कामना !

August 31, 2015 By www.topnepalnews.com 1744